• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

‘माल्टा पठाइदिन्छु’ भन्दै ९ लाख ठगेको आरोपमा एक जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ – माल्टा पठाइदिन्छु भनेर ९ लाख ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।खोटाङको खोटेहाङ गाउँपालिका ७ घर भई हाल ललितपुरको सातदोबाटो बस्ने वीरेन्द्र उदासले सविता गुरुङलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै ९ लाख ठगी गरेको आरोपमा बिहीबार प्रहरीले पक्राउ गरेको हो।

उदासले गुरुङलाई माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भनि मासिक ३ लाख तलब हुन्छ भनेर विश्वास दिलाइ प्रलोभनमा पारेको प्रहरीको भनाइ छ।

उनले पटक–पटक गरी ९ लाख लिई सम्पर्कविहीन भएकोले पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖