• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय सहमतिबाट अघि बढाउन उचितः मन्त्री गुरुङ


  • धनकुटा खबर
  • .

काठमाडौं।कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसँग सम्बन्धित बिषयलाई सहमतिबाट अघि बढाउन उचित हुने बताएका छन्।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतकोे कानुन न्याय तथा मानवअधिकार समिति बैठकमा मन्त्री गुरुङले संक्रमणकालीन न्यायसँग सम्बन्धित बिषय मुलुकको शान्ति प्रक्रियासंग पनि जोडिएको भन्दै सहमतिबाट अघि बढाउन उचित हुने बताएका हुन्।

सहमति गर्ने प्रयास सफल हुन नसके बिभिन्न बिकल्प खुल्ला रहेको उनको भनाइ छ । संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई अघि बढाउन देखिएको अड्चन फुकाउन शीर्ष तहमा पटक पटक छलफल भएको उनले बताए।

बेपत्ता पारिएका व्यक्तिको छनबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफलमा मन्त्री गुरुङले सहमति जुट्न बाँकी चार विषयमा छिटै शीर्ष तहमा सहमति जुट्ने विश्वास व्यक्त गरे। त्यस्तै बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖