• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, नेपालका विपिन जोशीको अवस्था ‘अझै अज्ञात’


  • धनकुटा खबर
  • .

गाजा क्षेत्रमा शासन गर्दै आएको हमासले इजरेलले सुरु गरेको “आक्रमण पूर्ण रुपमा अन्त्य नहुँदासम्म” बन्धक बनाइएका थप मानिसहरूलाई मुक्त नगर्ने जनाएको छ।

इजरेलले डिसेम्बरको सुरुमा गरिएको सङ्घर्षविराम अन्त्य भएयता गाजामा हमासका २,००० जना लडाकुहरू मारिएको बताएको छ। एक साता लामो सङ्घर्षविरामका क्रममा १०० जनाभन्दा बढी बन्धक बनाइएका मानिसहरू मुक्त भएका थिए।

गत अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमण र घुसपैठका क्रममा अपहरणमा परेको भनिएका २४० जनामध्ये १२० जना अझै बन्धक रहेको ठानिएको छ।

हमासबाट बन्धक बनाइएका ठानिएका नेपालको कञ्चनपुरका विद्यार्थी विपिन जोशीको अवस्था अझैसम्म अज्ञात छ। यसअघि युद्धविरामका क्रममा थाइल्यान्ड, फिलिपिन्स सहितका केही विदेशी बन्धकलाई रिहा गरे पनि नेपालका नागरिक रिहा भएका छैनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖