• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

साहु फरार भएपछि बन्द भयो ग्यालेक्सी फोरके टेलिभिजन


  • धनकुटा खबर
  • .

काठमाडौँ । ग्यालेक्सी फोरके टेलिभिजन बन्द भएको छ। टेलिभिजनका साहु सहकारी ठगी प्रकरणमा फरार भएसँगै टेलिभिजन बन्द भएको हो ।

सुदर्शन बचत ऋण तथा सहकारी संस्थाका अध्यक्ष जिबी राईलाई १६ अर्ब भन्दा बढी हिनामिना गरेको आरोप लागेको छ।

राई विरुद्ध सहकारीका बचतकर्ताले ठगी गरेको भन्दै जिल्ला अदालत कास्कीमा मुद्दा समेत दर्ता गराएका थिए। जिल्ला अदालत कास्कीले राई विरुद्ध गत भदौ २४ गते पक्राउ पुर्जी जारी गरेको थियो। उनी विरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उनी फरार रहेका छन्।

साहु नै फरार भएपछि उनले सञ्चालनमा ल्याएको ग्यालेक्सी फोरके टेलिभिजन बन्द गरिएको छ। टेलिभिजनमा काम गर्नेहरूले महिनौँसम्मको तलब नपाएको गुनासो गरेका छन्।

केही टेलिभिजनकर्मीहरूले उक्त संस्था छोडेर अन्त्यै काम थालनी समेत गरेका छन्। अहिले टेलिभिजनमा गीत मात्रै बज्ने गरेको छ ।

राई चितवनको सहारा बचत तथा ऋण सहकारी संस्था, सुप्रिम बचत तथा ऋण सहकारी संस्था, नेपालगन्जको समानता बचत तथा ऋण सहकारी संस्था, वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था, भैरहवाको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, जितपुरको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीलाई कानुनविपरित ऋण प्रवाह गरी भएको रकम हिनामिनामा पनि मुछिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖