• Thursday 8th of October 2026

साउदी क्लबलाई मोड्रिच नभई भएन, कसैले नसोचेको पारिश्रमिक दिन तयार ! कति ?


  • धनकुटा खबर
  • .

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका लेजेण्ड लुका मोड्रिचलाई साउदी अरेबियाबाट आकर्षक प्रस्ताव आएको छ। रियल म्याड्रिड बसाईको अन्तिम सिजनमा रहेका लुका मोड्रिचलाई साउदीबाट आकर्षक प्रस्ताव आएको हो।

विभिन्न खेल मिडियाहरुका अनुसार एक साउदी क्लब लुका मोड्रिचलाई प्रतिसिजन ३० मिलियन युरो पारिश्रमिक दिन तयार भएको छ। यो उनले रियलमा पाउँदै आएको भन्दा झन्डै २२ मिलियन युरोले बढी हो।

गत समर ट्रान्सफर विन्डोमा पनि लुका मोड्रिचले साउदी अरबबाट आकर्षक प्रस्तावहरु प्राप्त गरेका थिए। तर उनले त्यसबेला कम्तीमा एक सिजन रियलमै रहन निर्णय गरेका थिए।

मोड्रिच सन् २०१२ मा टोटेनहम हटस्परबाट रियल आइपुगेका थिए। त्यसयता उनले निरन्तर रियलका लागि उच्च स्तरमा रहेर फुटबल खेलेका छन्। उनले रियलबाट सबै उपाधि जितेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖