• Thursday 8th of October 2026

राष्ट्रिय भलिबल टोलीका‌ कप्तान मानबहादुर श्रेष्ठ सेनाको हवल्दारमा बढुवा


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय भलिबल टोलीका‌ कप्तान मानबहादुर श्रेष्ठ सेनाको हवल्दारमा बढुवा भएका छन्।

मानबहादुर नायकबाट शुक्रबार हवल्दारमा बढुवा भएका हुन् । २०७१ मा सेनामा प्रवेश गरेका मानबहादुर २०७२ मा लेस नायक र २०७५ मा नायकमा बढुवा भएका थिए।

त्रिभुवन आर्मी क्लबको भलिबल टोलीका सदस्य समेत रहेका उनले सेनामा २०७४ मा स्वीकृती पदक र २०७५ मा प्रधानसेनापति प्रशंसा पदक प्राप्त गरेका थिए।

१९ औं एसियाली खेलकुदबाट नेपाली भलिबल टोलीको‌ कप्तानी सम्हालेका मानबहादुर काभा बीच भलिबलका रजत पदक विजेता टोली हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖