• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

नक्कली कागजातसहित भारतबाट नेपाल आउन खोज्ने इरानी नागरिकलाई दुई वर्षको जेल सजाय


  • धनकुटा खबर
  • .

काठमाडौं । उत्तर प्रदेशको महाराजगञ्ज जिल्लामा एक इरानी नागरिकलाई दुई वर्षको जेल सजाय सुनाइएको घटना सार्वजनिक भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार यी व्यक्ति ३८ वर्षीय इरानी नागरिक हुन् जसलाई करिब एक वर्षअघि भारत–नेपाल सीमामा पक्राउ गरिएको थियो ।

उनको नाम हुसेन हमिदिया रहेको बताइएको छ । उनीमाथि नक्कली कागजात बनाएर भारतबाट नेपाल जान खोजेको आरोप लागेको छ ।

युपीका सहायक जिल्ला सरकारी अधिवक्ता सन्तोष कुमार मिश्रले अदालतको यो निर्णयको जानकारी दिएका छन् । अतिरिक्त सत्र न्यायाधीश पवनकुमार श्रीवास्तवको अदालतले उनलाई १० हजार जरिवाना समेत गरेको छ ।

यो जरिवाना इरानी नागरिकले नतिरेमा एक महिना थप सजाय भोग्नुपर्ने मिश्रले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖