• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ । नेपाली बजारमा बितेको ६ दिनमा सुन तोलामा २ हजार रुपैयाँ बढेको छ ।

गत आइतबार तोलामा १ लाख १७ हजार ८०० रुपैयाँ मा कारोबार भएको छापावाल सुन शुक्रबार कारोबार बन्द हुँदासम्म १ लाख १९ हजार ८०० रुपैयाँ कायम रहेको थियो ।

सोमबार १ लाख १७ हजार ८०० अर्थात आइतबारकै मूल्यमा कारोबार भएपनि भने मंगलबार १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै,बुधबार १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार हुँदा शुक्रबार भने १ लाख १९ हजार ८०० रुपैयाँ पुगेको हो । यसैबीच आइतबार १४५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी शुक्रबार १४८५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖