• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

भूमिहीनलाई लालपूर्जा वितरण गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ ऐन ल्याएरै भएपनि भूमिहीनलाई लालपूर्जा वितरणको काम थाल्ने बताएका छन् ।

जनतासँग माओवादी विशेष रुपान्तरण कार्यक्रम अन्तर्गत बुढानिलकण्ठमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले भूमि सम्बन्धी समस्या, सुकुम्बासी समस्या, अव्यवस्थित बसोबासको समस्या र स्वबासीको समस्या समाधानका लागि ऐन निर्माण भइरहेको बताए ।

‘भूमि सम्बन्धी समस्या, सुकुम्बासीको समस्या, अव्यवस्थित बसोबासको समस्या र स्वबासीको समस्या, काठमाठौं, ललितपुर र भक्तपुरमा स्वबासीको समस्या पनि ठूलै समस्याको रुपमा रहेको छ त्यसलाई हल गर्नको लागि मैले नयाँ ऐन तुरुन्तै ल्याउँदै छु र लालपूर्जा वितरणको एउटा नयाँ अभियान सुरु हुदैँछ । ’ उनले भने ‘म तपाईहरुलाई यो विश्वास दिलाउन चाहन्छु । यो समस्या समाधान गर्नको लागि ऐनमा भएका केही त्रुटिहरुका कारणले ५० औं वर्षदेखि रोकिएका समस्याहरु समाधान गर्ने ढङ्गले ऐनको व्यवस्था हुदैँछ ।’

त्यस्तै उनले डेढवर्षभित्र देशको सम्पूर्ण भूभागमा विद्युत सेवा पुग्ने ठोकुवा गरे ।‘डेढ वर्षभित्र पूरै देश उज्यालो हुने लक्ष्यका साथ हामी अगाडि बढेका छौँ । यसको साथै सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ समाजवादको आधार भनेर अभियान सुरु गरेको हो ।’ उनले भने ‘१० हजार ८ सय मेगावाटको एउटै परियोजना कर्णाली चिसापानी, यति ठूलो परियोजना सोच्न पनि मानिसलाई गारो थियो हामीले मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेका छाँै त्यो अब अध्यन प्रक्रियामा गएको छ । बुढि गण्डकीको गाठो पनि फुकाइएको छ । ऐतिहासिक काम भएका छन् जुन अहिलेसम्म विगतमा कसैले गर्न आँट गरेका थिएनन् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖