• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

एक महिनादेखि हराएका वृद्ध मृत भेटिए


  • धनकुटा खबर
  • .

७ पुस, गुल्मी । एक महिनादेखि हराएका व्यक्ति मृत फेला परेका छन् । जिल्लाको रेसुंगा नगरपालिका-७ का ६२ वर्षीय चेतमान चुँदारा शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ ।

चुँदाराको शव अर्जुन डाँडाको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए । चुँदारा गत मंसिर १ मा घरबाट केही नभनी हिँडेका थिए ।

उनको खोजी गरिदिन परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए । चेतमानको शव पोष्टमार्टमका लागि गुल्मी अस्पातलमा ल्याउने तयारी भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖