• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

२८ बर्षिय युवकले रबिलाई गरे आक्रमण


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ ।

पार्टीको कार्यक्रमलाई सम्बोधन गरिरहेका लामिछानेलाई एक युवकले खोया प्रहार गरेका थिए । घटनापछि प्रहरीले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको छ ।

लामिछाने बोल्दै गर्दा अगाडिबाटै ती युवाले खोयाले प्रहार गरेको बताइएको छ । खोया प्रहार गरेका रानाभाटमाथि रास्वपाका कार्यकर्ताले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए ।

रानाभाटलाई वडा प्रहरी कार्यालय रामबजारको टोलीले पक्राउ परेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖