काठमाडौं । नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवासंघ नेपाल विशेष प्रदेशको अध्यक्षमा सुजन घिमिरे निर्वाचित हुनुभएकाे छ ।
शनिबार राति सम्पन्न अधिवेशनले घिमिरेकाे अध्यक्षतामा ५३ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेकाे हाे । घिमिरे यसअघि अधिवेशन आयोजक कमिटीका संयोजक हुनुहुन्थ्याे ।
कमिटीकाे प्रथम अधिवेशनले उपाध्यक्षमा अमित मगर, सचिवमा रोमन काफ्ले सहसचिवमा सनम सिंह ठकुरी, सहसचिवमा रवीन्द्र गौतम र कोषाध्यक्षमा मदनप्रकाश कटुवाललाई निर्वाचित गरेको छ ।
