• Thursday 8th of October 2026

एभर्टनमाथि टोटनह्यामको सहज जित


  • धनकुटा खबर
  • .

काठमाडौं। इंलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले एभर्टनलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा टोटनह्यामले एभर्टनलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

टोटनह्यामको जितमा रिचार्लिसन र सन् हेंग मिनले एक एक गोल गरेका थिए। त्यस्तै एभर्टनका लागि आन्द्रे गोमेजले एक गोल फर्काएका थिए।

टोटनह्यामको यो यस सिजनको ११औं जित हो। १८ खेलमा ३६ अंक रहेको टोटनह्याम लिगको पाँचौं स्थानमा रहेको छ।

त्यसैगरी एभर्टनको भने यो यस सिजनको आठौ हार हो। यस सिजनमा १० अंकको कटौतीको सजाय पाएको एभर्टनको १८ खेलमा १६ अंक रहेको छ र लिगमा १६औं स्थानमा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖