• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

अपडेट : शिक्षक सेवा आयोगले माग्यो ४३६ मावि शिक्षक


  • धनकुटा खबर
  • .

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको विज्ञापन आह्वान गरेको छ । सातै प्रदेशबाट विभिन्न विषयमा ४३६ पदका लागि आयोगले विज्ञापन आह्वान गरेको हो ।

आयोगले नेपाली विषयका लागि ६७ जनाको विज्ञापन आह्वान गरेको छ । त्यस्तै अंग्रेजी विषयका लागि ७९, गणितका लागि ८५, विज्ञानका लागि १२४, सामाजिक विषयका लागि ५३ जनाको लागि विज्ञापन आह्वान गरेको हो ।

त्यस्तै अर्थशास्त्रका लागि ७, कार्यालय सञ्चालन तथा लेखाका लागि १५, संस्कृत व्याकरणका लागि ३, कम्प्युटर विज्ञानका लागि ३ जनाको लागि विज्ञापन आह्वान गरेको हो ।

आजदेखि माघ १५ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । लिखित परीक्षा भने चैत ३ गतेहुनेछ । लिखित परीक्षा (विषयगत) को मिति सामान्य परीक्षाको नतिजा प्रकाशनपछि तोकिने आयोगले जनाएको छ।

मावि तहका लागि परीक्षा केन्द्रहरू कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली तोकिएको छ ।

आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षा (कम्तीमा ३०० पूर्णाङ्क वा १२ क्रेडिट आवर) उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पुरा गरेको हुनुपर्नेछ ।

अंग्रेजी, गणित, विज्ञान, कार्यालय सञ्चालन तथा लेखा र कम्प्युटर विषयको हकमा भने तालिम नभए पनि आवेदन दिन सकिने आयोगले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖