• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

एमाले अध्यक्ष ओली विशेष पत्रकार सम्मेलन गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।आइतवार दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा विशेष पत्रकार सम्मेलनको आयोजना गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म मध्यपहाडी लोकमार्गमा (बैतडीको झुलाघाट देखि पाँचथरको झुलाभञ्ज्याङसम्म) पदयात्रा गरेको थियो ।

यात्राका क्रममा संकलन गरिएका मध्यपहाडका समस्या, एमालेले बटुलेको अनुभव, समीक्षा र सन्देशका बारेमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न अध्यक्ष ओली सहितका केन्द्रीय पदाधिकारीको उपस्थितिमा विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖