• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

हिन्दुहरूको संवेदना किन मरेको भन्दै श्रेष्ठको प्रश्न-चिमोट्दा नदुख्नु रोगको लक्षण होइन?


  • धनकुटा खबर
  • .

काठमाडौं। मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले क्रिसमस मनाउन दिएको तीन दिनको बिदाप्रति राप्रपाले आपत्ति जनाएको छ। राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले क्रिसमस मनाउन भनेर राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिनु अनुचित र विडम्बनापूर्ण रहेको बताए।

धर्मनिरपेक्षताको आडमा नेपालको मौलिक संस्कृति र सनातन धर्ममाथि निरन्तर प्रहार भइरहेको र धर्म निरपेक्षको वकालत गर्ने देशको एकजना मन्त्री नै क्रिस्चियन धर्मको प्रचार गर्दै ‘हामी सर्पले जस्तै बिस्तारै निल्दैछौं’ भनेर खुलेआम भनिरहेको बताउँदै प्रवक्ता श्रेष्ठले प्रश्न गरेका छन्, ‘यस अवस्थामा पनि नेपालको बहुसंख्यक सनातन समाज मौन छन्, चुपचाप सुनिरहेका छन् । हाम्रो संवेदना किन मरेको यसरी ? पटकपटक चिमोट्दा पनि नदुख्नु डरलाग्दो रोगको लक्षण होइन र ?

यसबारे सामाजिक सञ्जालमा उनले लेखेका छन् :

क्रिसमस मनाउन भनेर मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिनु अनुचित र विडम्बनापूर्ण छ। सनातन धर्मप्रति भ्रम फैलाउने र आयातित धर्मको प्रवर्द्वन गर्ने ०६२÷६३ को आन्दोलनको उद्धेश्य र ०७२ को संविधानको मर्म थिएन।

तर दुर्भाग्य, धर्मनिरपेक्षताको आडमा नेपालको मौलिक संस्कृति र सनातन धर्ममाथि निरन्तर प्रहार भइरहेको छ। धर्म निरपेक्षको वकालत गर्ने देशको एकजना मन्त्री नै क्रिस्चियन धर्मको प्रचार गर्दैछन् र “हामी सर्पले जस्तै बिस्तारै निल्दैछौं” भनेर खुलेआम भनिरहेका छन् ।

तर नेपालको बहुसंख्यक सनातन समाज मौन छन्, चुपचाप सुनिरहेका छन् । हाम्रो संवेदना किन मरेको यसरी? पटकपटक चिमोट्दा पनि नदुख्नु डरलाग्दो रोगको लक्षण होइन र ?

उठौं, जागौं र जुटौं । हाम्रो नेपाललाई अस्थिर बनाउन र फेरि द्वन्दमा धकेल्न चाहनेहरुको गोटी नबनौं ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖