• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मध्यपहाडको यात्राबाट फर्किएका ओली भन्छन्- जनता स्पष्ट छन्, गलत भाष्य स्वीर्कादैनन्


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताको कारणले जनतामा आएको निराशालाई आफूहरूको चिर्न सफल भएको दाबी गरेका छन्।

मध्य पहाडी यात्राका उपलब्धिबारे जानकारी गराउँदै गलत भाष्यहरूलाई असफल बनाएको बताए। उनले भने- सरकारका असफलताका कारणले पैदा भएका निराशाजन्य कुराहरूले मानिसहरू हतोत्साहित भएको छन्। त्यस स्थितिको फाइदा लिएर अवाञ्छित खालका व्यवहारलाई अगाडि बढाउने प्रयास थियो। त्यो प्रयासलाई यो यात्राले अर्थहीन बनाइदियो। गलत भाष्यहरू तयार गरिएको थियो त्यस्ता भाष्य कहिले कहिले तयार गर्न खोजिन्छ। धेरै पछि पनि त्यस्ता प्रतिगमनलाई फर्काउने प्रयास गर्छन्।

उनले राजनीतिलाई फेरि हिंसा र उत्तेजनातिर फर्काउने प्रयासलाई निस्तेज पारेको जिकिर गरे। उनले भने- सामाजिक एकता बिथोल्ने खालका विभिन्न प्रयास भएका छन्। ती कुरा अबको नागरिक चेतनामा सम्भव छैन। अबको जिम्मेवार राजनीतिक दलहरूले दह्रो खुट्टा टेकेर आफ्नो भिजन राख्नुपर्छ। जनता स्पष्ट छन्। त्यो कुरा यो यात्राले देखाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖