• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

विद्यालय शिक्षा विधेयक पुनर्लेखन हुनुपर्छ : तोशिमा कार्की


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. तोशिमा कार्कीले विद्यालय शिक्षा विधेयकमाथि पुनर्लेखन गर्नुपर्ने बताएकी छन् । संसद्को शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफलमा बोल्दै कार्कीले विधेयकमा संशोधन भन्दा पुनर्लेखन गर्नुपर्ने बताएकी हुन् ।

विधेयकमाथि संशोधनका लागि १ हजार ७५७ विवरणमा संशोधन प्रस्ताव पेस गरिएको छ। कुनै पनि विधेयकमा दुई तिहाइभन्दा बढी संशोधन प्रस्ताव पेस भएको खण्डमा त्यो विधेयक पुनर्लेखनै गर्नुपर्छ भन्ने मान्यता रहेको उनले बताइन् ।

यो विधेयकमा संशोधनभन्दा पुनर्लेखनतर्फ विचार गर्न उनले आग्रह गरेकी हुन् । अहिले ब्रेन ड्रेनको समस्या बढ्दो रूपमा हरेको भन्दै शिक्षा विधेयक यो समस्या समाधान गर्नेगरी बनाउनुपर्ने उनले बताइन्

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖