काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज एकीकृत निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा गरिएको व्यवस्था लागु गर्ने लक्ष्यसहित ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन जारी गरेको हो ।
निर्देशनअनुसार लघुवित्त वित्तीय संस्थाले परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सक्नेछन् । यस्तै, यो सुविधा २०८० चैत मसान्तसम्म निवेदन लिई २०८१ वैशाख मसान्तसम्ममा गरिसक्नुपर्ने छ ।
नेपाल राष्ट्र बैंकले खुकुलो नीति लिँदै मौद्रिक नीतिको समीक्षा गरेको थियो । सोही समीक्षाले लिएको नीतिलाई कार्यान्वयन गर्ने लक्ष्यसहित एकीकृत निर्देशन जारी गरेको हो ।
यस्तो छ एकीकृत निर्देशन
