• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

स्वतन्त्र पार्टीको तीन दिने दबाब यात्रा आजदेखि


  • धनकुटा खबर
  • .

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको नारायणगढबाट बुटवलसम्म पैदल यात्रा शुरु गर्दैछ। नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामलाई तीब्रता दिन सरकारको ध्यानाकर्षण गर्नेउद्देश्यले रास्वपाले आजदेखि दबाबमुलक पैदलयात्रा गर्न लागेको हो ।

‘रास्वपाको दबाब यात्रा’ नाम दिइएको पैदलयात्रा अहिले केही बेरमा चितवनको नारायणगढ पुल्चोकबाट शुुरु हुनेछ । ३ दिनसम्म चल्ने यात्राका क्रममा ११३ किलोमिटर दूरी पार गर्ने रास्वपाले जनाएको छ । सभापति रवि लामिछानेका अनुसार नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको ढिलाइ र यात्राका क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे नजिकबाट बुझेर सरकारलाई ध्यानाकर्षण गर्ने तयारी छ ।

यात्रामा सभापति लामिछानेसहितका नेता, कार्यकर्ता र सांसद सहभागी हुनेछन् । यात्राका क्रममा सडक छेउका बस्ती छिरेर स्थानीयवासीसँग अन्तरक्रिया पनि गरिने रास्वपाले जनाएको छ । यात्राको क्रममा स्वागत वा अन्य कार्यक्रम नराख्न सभापति लामिछानेले अनुरोध गरेका छन्। दबाब यात्रमा साथ दिन आउने कसैलाई पनि झन्डा, लोगो, टि–सर्टलगायत पार्टी सम्बद्ध कुनै पनि वस्तु प्रयोग नगर्न पनि उनले आग्रह गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖