• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

करेन्ट लागेर एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

कैलाली । डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका-३ सकायलका ५१ वर्षीय मकरबहादुर शाहीको आइतबार दिउँसो करेन्ट लागेको थियो ।

आफ्नै घर नजिक रहेको साजको रुखमा घाँस काट्ने क्रममा बिजुलीको तारमा शाहीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर रुखबाट खसेका शाही गम्भीर घाइते भएका थिए ।

उनको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖