• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

तीन उपसचिव बढुवाका लागि सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौं । तीन उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । लोक सेवा आयोगका अध्यक्ष तथा अध्यक्षले तोकेको सदस्यको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले परराष्ट्र सेवातर्फ दुई जना र नेपाल कृषि सेवातर्फ एक गरेर तीनज जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

परराष्ट्र सेवातर्फ कार्यक्षमताको आधारमा उपसचिव विष्णुप्रसाद गौतम र तीर्थराज अर्याल तथा कृषि सेवातर्फ एग्री इको मार्केटिङ एण्ड स्टाटिस्टिक्स समूहका उपसचिव टीकाराम शर्मा सोहि सेवातर्फ सहसचिव बढुवाका लागि सिफारिस भएका हुन् ।

परराष्ट्र सेवातर्फ दुई जना सहसचिवका लागि पाँच जनाको आवेदन परेको थियो भने कृषि सेवातर्फ ६ जनाको आवेदन परेको थियो । सहसचिव बढुवाका लागि सिफारिस भएकामाथि चित्त नबुझेमा अबको ३५ दिनभित्र बढुवा सिफारिस समितिमा उजुरी गर्न सकिने छ । यदि कोहि कसैको उजुरी नपरेमा दुबै जनालाई सरकारले सहसचिवमा बढुवा गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖