• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

प्रमुख तीन दलको बैठक बालुवाटारमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी, कांग्रेस र एमालेका नेताहरूबिच बैठक सुरु भएको हो ।

बैठकमा सङ्क्रमणकालीन न्याय (टीआरसी)को बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सोमबारको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेर बहादुर देउवा लगायत नेताहरूको सहभागिता छ ।

यसअघि आइतबार पनि प्रधानमन्त्रीले देउवा र ओलीलाई बालुवाटारमा बोलाएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने विषयमा छलफल गरेका छन् । छलफलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी थिए ।

बैठकमा नेता लेखकले तीन शीर्ष नेतालाई संसद्मा दर्ता भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको प्रगति, थप छलफल गर्नुपर्ने विषयहरू लगायतका बारेमा ब्रिफिङ गरेका थिए ।

नेता लेखकको प्रस्तुति सुनेपछि तीनै जना नेता यो विषयलाई टुङ्गोमा पुग्नुपर्छ भन्नेमा सहमत भएका थिए । आजको बैठकमा यस विषयमा थप छलफल गरेर निष्कर्षमा पुग्न प्रयास गरिने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖