• Thursday 8th of October 2026

रोनाल्डो बने २०२३ मा धेरै गोल गर्ने खेलाडी


  • धनकुटा खबर
  • .

काठमाडौं। क्रिस्टियानो रोनाल्डो साउदी लिगमा गएसँगै उनको क्यारियर सकियो भन्नेहरुका लागि यो आँकडाले फेरि सोच्न बाध्य बनाएको छ। ३८ बर्षिय रोनाल्डो २०२३ बर्ष सकिन लाग्दा बर्षमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्।

रोनाल्डोले आफ्नो क्लब अल नासरका लागि ४३ र राष्ट्रिय टिम पोर्चुगलका लागि १० गोलसहित कुल ५३ गोलसहित २०२३ मा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका हुन्। रोनाल्डोले एक बर्षमा ५० भन्दा बढी गोल गरेको यो आठौँ पटक हो।

यस सूचीमा दोस्रो स्थानमा इङल्याण्डका ह्यारी केन र फ्रान्सका किलियन एम्बाप्पे रहेका छन्। दुवैले ५२-५२ गोल गरेर यस सूचीमा दोस्रो स्थानमा रहेका छन्।

हाल बायर्न म्युनिखमा शानदार फुटबल खेलिरहेका केनले यस बर्ष ५२ गोल गरेका छन्। केनले २०२३ मा बायर्नका लागि २५ गोल गरेका छन् भने इङल्याण्डका लागि ९ गोल गरेका छन्। त्यस्तै यस बर्ष उनले टोटनह्यामका लागि १८ गोल गरेका थिए।

त्यस्तै एम्बाप्पेले फ्रान्सका लागि यस बर्ष १० गोल गरेका छन् भने पिएसजीका लागि ४२ गोल गरेका छन्।
त्यस्तै यस सूचीमा तेस्रो स्थानमा नर्वेका इर्लिंग हालाण्ड रहेका छन्। हालाण्डले यस बर्ष कुल ५० गोल गरेका छन्। उनले नर्वेका लागि ६ गोल गरेका छन् भने म्यानचेस्टर सिटीका लागि ४४ गोल गरेका छन्। यद्यपी हालाण्डले यस बर्ष अझै २ खेल खेल्न बाँकी रहेको छ।

त्यसैगरी रोमाबाट खेल्ने बेल्जियमका रोमेलु लुकाकुले २०२३ मा ४० गोल गरेका छन् भने फेयनोर्डबाट खेल्ने मेक्सिकोका सान्टियगो गिमेनेजले ३९ र इन्टर मिलानबाट खेल्ने अर्जेन्टिनाका लाउतारो मार्टिनेजले यस बर्ष ३७ गोल गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖