• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस महामन्त्रीहरु देउवा निवासमा


  • धनकुटा खबर
  • .

काठमाडौं,११ पुस । भोलिबाट सुरु हुने सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकबारे छलफल गर्न कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकास शर्मा सभापति देउवा निवास पुगेका छन् ।

महामन्त्रीद्धय थापा र शर्मा प्रचारविभाग प्रमुख मीन विश्वकर्मालाई लिएर सभापति देउवा निवास धुम्बाराही पुगेका हुन् ।

देउवासँगको भेटमा महामन्त्रीद्धयले भोलिबाट सुरु हुने केन्द्रीय कार्य समितिको बैठक र आसन्न राष्ट्रिय सभा निर्वाचनबारे छलफल गरेका छन् । राष्ट्रिय सभा निर्वाचन माघ ११ गतेका लागि तोकिएको छ ।

राष्ट्रिय सभामा रिक्त हुने १९मध्ये कांग्रेसले कम्तिमा १० सीट पाउने बताइएको छ । १० सीटका लागि कांग्रेसभित्र सयौंको संख्यामा उम्मेदवारका आकांक्षी देखिएका छन् ।

कांग्रेसले यसपटक राष्ट्रिय सभाका लागि मापदण्ड तय गर्ने तयारी गरेको छ । आजको भेटघाटमा सो बारेमा पनि छलफल भएको छ ।

राष्ट्रिय सभा अध्यक्षसमेत लिने गरी कांग्रेसले चुनावी तालमेल गर्ने गृहकार्य गरेको छ। राष्ट्रिय सभा अध्यक्षका लागि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता गोपालमान श्रेष्ठलगायतको चर्चा छ।

कांग्रेसले प्रदेश कार्यसमितिहरूलाई राष्ट्रिय सभा सदस्य चुनावका लागि आकांक्षीहरूका नाम पठाउन आग्रह गरेअनुसार प्रदेशहरूले जिल्लाबाट नाम माग गरी केन्द्रमा पठाउन थालेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖