काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’ खरिद प्रक्रियामा अपारदर्शी कारोबार भएको बताएका छन् ।
बुधबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सिंहले टेरामक्स खरिदका लागि लेनदेन अपारदर्शी भएको बताएका हुन् ।
“यहाँ पैसाको लेनदेन पारदर्शी भएन । राष्ट्र बैंकलाई थाहा छैन । पैसा बोरामा बोकेर गएको कि प्लेनमा ?,” बैठकमा बोल्दै सांसद सिंहले भने,“किनेको छ कि छैन ? किनेको भए किन जडान भएन ? हामी उद्देश्यहीन बैठक बसेका छौँ । चोख्याउन खोजेको हो कि कारबाही गर्न खोजेको हो ?”
उनले लेबनान आफैँ समस्यामा रहेको देश भन्दै हाम्रो देशको समस्या कसरी पार लाउँछ भनेर समेत प्रश्न गरेका छन् ।
