• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

झलनाथ खनाल – ‘कम्युनिस्टहरू मिल्न नसके ०८४ को चुनावमा धुलोपिठो बनाउँछन्’


  • धनकुटा खबर
  • .

काठमाडौँ : नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले बेलैमा कम्युनिस्ट शक्तिहरू मिल्न नसके अनिष्ठको अवस्था आउने बताएका छन्। ललितपुरको कान्तिपुर गार्डेनमा बुधबारदेखि सुरू केन्द्रीय कमिटीको सातौँ बैठकलाई सम्बोधनका क्रममा खनालले ०८४ सालको चुनाव कम्युनिस्टहरूका लागि दशा हुन सक्ने इंगित गरेका हुन्।

‘कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउन सकेनौँ भने ०८४ को चुनावमा वामपन्थीहरुलाई एक्लै बनाएर धुल्याउने योजना छ’, उनले भने, ‘कुन बाटोबाट हुन्छ, हामी एकतावद्ध हुने दिशामा जानुपर्छ। कम्युनिस्टको संगठनलाई जगैदेखि बलियो बनाउने गरी अघि बढ्नुपर्छ।’

खनालले अहिले २०८४ को निर्वाचनमा साम्राज्यवादीहरू दक्षिणपन्थी शक्तिलाई सत्तामा लैजाने अभियानमा रहेको बताए। ‘साम्राज्यवादीहरू आगामी निर्वाचनमा दक्षिणपन्थीलाई जिताउने गरी लागेका छन्’, उनले भने, ‘त्यसकारण जनतालाई सचेत बनाउने र सही नेतृत्व दिने काममा हामी लाग्नुपर्छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖