• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

प्रचण्डको दाबी– षड्यन्त्र भएपछि गठबन्धन झन् सुदृढ भयो


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भत्काउन प्रयत्न भए पनि पाँच वर्षसम्मै जाने दाबी गरेका छन् ।
गोरखामा बारपाक सुलिकोट गाउँपालिका कार्यालय ताकुकोटमा गाउँपालिका स्थानीय सरकार सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन पाँच वर्ष नै जाने दाबी गरेका हुन् ।

‘मंसिरको पहिलो हप्ता आकाश फाट्छ कि, धर्ती फासिन्छ कि जस्तो गरी होहल्ला भयो । हामीले धैर्यताका साथ विफल तुल्यायौं । धार्मिक जातीय र अतिवादी सोचलाई परास्त गरेका छौं,’ उनले भने, ‘षडयन्त्रले गठबन्धन झन् सुदृढ भएको छ । यो गठबन्धन अझै पाँच वर्ष जान्छ । एक वर्ष बित्यो । यति काम भए अर्को चार चार वर्षमा अझै ठूलो सफलता हात पार्न सक्छौं ।’

एक वर्षे कार्यकालमा केही रेकर्ड बनाउने गरी काम गरेको दाबीसमेत उनले गरे । मिटरब्याजपीडितलाई समस्याबाट मुक्त बनाएको, नागरिकताविहीनलाई नागरिकता दिलाएको, विदेशमा गएका लाखौंलाई यो सामाजिक कोषमा आबद्ध गर्ने आधार तयार गरिएको र केही ठूला आयोजना अघि बढाउने बाटो खुलेको उनले बताए ।
आफ्नो विदेश भ्रमणले नेपाललाई विश्वमञ्चमा उभ्याएको दाबीसमेत प्रधानमन्त्री प्रचण्डले गरे । ‘मेरो भ्रमणपछि संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आउनुभयो । नेपाललाई सहयोग गर्न विश्वलाई अपिल गर्नुभयो,’ उनले भने, ‘नेपालको प्रतिष्ठा संसारमा उचो भएको छ । नेपालको अध्यक्षतामा अन्तर्राष्ट्रिय सम्मेलन हुनु आफैंमा ठूलो कुरा हो । रेकर्ड बनाउने ढंगले काम गरेका छौँ ।’ तर प्रतिक्रियापवादी र गणतन्त्रविरोधीले सरकारले गरेको सकारात्मक काम नदेखेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖