• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

चेक बाउन्स मुद्धामा फरार इटहरीकी सन्जु पक्राउ


  • धनकुटा खबर
  • .

इटहरी : बैँङ्किङ कसुर (चेक बाउन्स) मुद्धामा फरार प्रतिवादी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको पीआईटी समुहबाट खटिएको प्रहरी टोलीले बैँङ्किङ कसुर (चेक बाउन्स) मुद्धाका फरार प्रतिवादी इटहरी उप-महानगरपालिका- ५ सुनसरीकी ३४ बर्षीया सन्जु बस्नेतलाई पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार बैँङ्किङ कसुर (चेक बाउन्स) मुद्धामा सम्मानित उच्च अदालत बिराटनगरको २०७९ साल फागुन २ गतेको फैसला अनुसार ३ दिन कैद र नगद १ लाख ५० पचास हजार रुपैया जरिवाना बेरुजु रही फरार रहेकी बस्नेतलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पक्राउ गरेको हो । पक्राउ परेका उनीलाई सम्मानित अदालतमा उपस्थित गराइएको र तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖