१२ पुस, काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनको विवादकाबीच नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिएपछि उद्योगीहरुले शीर्ष नेताहरुलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका छन् ।
उद्योग परिसंघका उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरुले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई र बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर कानुनसम्मत तरिकाले विवाद समाधान गर्न आग्रह गरेका हन् ।
उद्योगीहरुले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका छन् ।बारा पर्सा करिडोरका जगदम्बा स्टीलसहित त्रिवेणी स्पिनिङ मिल, हुलास स्टिल, अशोक स्टिल, सूर्य नेपाललगायत उद्योगहरुमा विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएको छ ।
प्राधिकरणले लाइन काटिदिएपछि उद्योग बन्द भएको भन्दै मजदुरहरूले विरोध प्रदर्शनसमेत गरेका छन् ।
