• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

हर्क साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो,राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाए


  • धनकुटा खबर
  • .

काठमाडौं,१२ पुस । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो हटाएका छन्।

साम्पाङले बुधबार देशका दुवै शीर्ष व्यक्तिको फोटो आफ्नो कार्यकक्षबाट हटाउने घोषणा गरेका थिए।

उनले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे पूर्वघोषणा गरेका थिए । त्यसैबमोजिम उनले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउदै किराँती राजा यलम्बरको फोटो टाँसेका छन् ।

मेयर साम्पङले हिजो सामाजिक सञ्जालमा लेखेका थिए, ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु ! जय देश ।’

धरानको विकासका लागि आफूले मागेअनुसार बजेट र सहयोग नगरेको गुनासो गर्दै आएका उनले यसअघि पनि विवादति स्ट्याटस लेख्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖