• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। सर्वोच्च अदालतले उक्त रिटको पेसी शुक्रबारका लागि तोकेको छ।

बिहीबार अधिवक्ताहरु दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले गभर्नर अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर हुनुपर्नेमा गर्भनर अधिकारीको योग्यता सोअनुसार नभएकाले नियुक्ति बदरको माग रिट निवेदनमा गरिएको छ।

रिटमा निवेदकहरुले गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउण्टेण्ट मात्र रहेको दाबी गरेका छन् । सो योग्यता स्नातकोत्तर वा सो सरह नभएको उनीहरुले जिकीर गरेका छन्।

२०७६ चैत २४ मा अधिकारी राष्ट्र बैंककोगभर्नर नियुक्त भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖