• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

तेह्रथुम र पाँचथर जोड्ने पुल निर्माणस्थलबाट शेखरले गरे मन्त्री सितालाई फोन….


  • धनकुटा खबर
  • .

फिदिम– तेह्रथुको छथर गाउँपालिका र पाँचथरको तुम्बेवा गाउँपालिका जोड्ने आक्पारा पुल निर्माणको विषयमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले शहरी बिकास मन्त्री सीता गुरुङलाई ध्यानाकर्षण गराएका छन्।

कोईरालाले मन्त्री गुरुङलाई फोन गरेर पुल निर्माणको काम चाँडै सम्पन्न गर्न आग्रह गरेका हुन । उनले भने, ‘पुल निर्माणमा अत्यन्तै ढिलासुस्ती भएको गुनासो छ । पुल निर्माणमा किन ढिलाई भएको हो?’

जवाफमा मन्त्री सिताले सम्बन्धित निकायलाई तिव्र गतिमा काम अगाडि बढाउन निर्देशन दिने बताइन । यो पुल चाँडो नबन्दा दुई जिल्लामा आवत-जावतमा समस्या भएको छ । तेह्रथुम मन्त्री सिताको निर्वाचन क्षेत्र हो ।

छथर गाउँपालिका ४ का कांग्रेस वडा सभापति सिद्धिमान लिम्बू लगायत स्थानीयले आक्पारा घाटको पुल निर्माणमा अत्यन्तै ढिलासुस्ती भएको गुनासो गरेपछि कोइरालाले पुल निर्माणको अनुगमन गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖