• Thursday 8th of October 2026

अस्ट्रेलिया र पाकिस्तानबीचको टेस्टका थर्ड अम्पायर लिफ्टमा अड्किएपछि…


  • धनकुटा खबर
  • .

थर्ड अम्पायर लिफ्टमा अड्किदा अस्ट्रेलिया र पाकिस्तानबीचको दोस्रो टेस्टको तेस्रो दिनको दिउँसको सत्र सुरु हुन ढिलाइ भएको छ।
मेलबर्न क्रिकेट ग्राउण्डमा थर्ड अम्पायर रिचार्ड इलिङ्वर्थ लिफ्टमा फसेकाले लञ्चपछि ६ मिनेटको लागि खेल रोकिएको थियो।

मैदानमा रहेका अम्पायरहरू जोएल विल्सन र माइकल गफले लञ्चपछि खेल पुनः सुरु गर्न लागेका थिए। तर उनीहरुलाई सहकर्मी माथिल्लो तलामा अनुपस्थितिको बारेमा सूचित गरियो। इलिंगवर्थ रंगशालाको एउटा लिफ्टमा फसेका थिए र समयमै आफ्नो सिटमा फर्कन सकेका थिएनन्।
रिजर्भ अम्पायर फिलिप जेलेस्पी थर्ड अम्पायरको बक्समा हतार हतार पुगेका थिए।

ब्याटिङमा रहेका अस्ट्रेलियन खेलाडी डेभिड वार्नर थर्ड अम्पायर लिफ्टमा अड्किएको थाहा पाएपछि हाँसेको टेलिभिजन स्कृनमा देखिएको थियो।

थर्ड अम्पायर निर्धारित समयभन्दा ६ मिनेटपछि उपस्थित भएपछि उनले मैदानमा रहेका अम्पायरलाई हात हल्लाइरहेको देखिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖