• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री कार्यालयमा ६ दर्जन कर्मचारी अनावश्यक छन्, आजैदेखि संरचना बदल्छु : प्रचण्ड


  • धनकुटा खबर
  • .

१२ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यालयमा ६ दर्जन कर्मचारी अनावश्यक रहेको भन्दै प्रधानमन्त्री कार्यालयको संरचना बदल्ने घोषणा गरेका छन् ।

अनलाइनखबरसँग विस्तृत अन्तर्वार्ता दिँदै प्रधानमन्त्री प्रचण्डले कार्यालयसँगै सचिवालय पनि चुस्तदुरुस्त पार्ने सुनाए ।‘प्रधानमन्त्री कार्यालयलाई जति व्यवस्थित हिसाबले लैजानुपर्ने हो, त्यसमा सीमा आफ्ना सीमा महसुस गरेको छु, आज क्याबिनेट बैठकमा निर्णय गराएरै प्रधानमन्त्री कार्यालयको संरचना बदल्छु,’ प्रधानमन्त्रीले भने, ‘६ दर्जन कर्मचारी अनावश्यक छन्, त्यसलाई कसरी चुस्त दुरुस्त बनाउने भनेर प्रक्रिया सुरु गरिसकेको छु ।’

उनले संरचना बदल्ने प्रक्रियाबारे विस्तृत नबताए पनि गृहकार्य भइरहेको बताए ।

प्रधानमन्त्रीले आफ्नो कार्यालयसँगै सचिवालयमा पनि उल्लेख्य हेरफेर गर्ने संकेत दिए । एक वर्षे अनुभवले आफूलाई हेरफेरको आवश्यकता महसुस भएको उनले बताएका छन् ।

उनले मन्त्रीहरुसमेत हेरफेर गर्ने संकेत गरे पनि गठबन्धनभित्र त्यसो नगर्न दबाब पैदा भएको संकेत गरे । प्रधानमन्त्रीसँगको अन्तर्वार्ता छिटै अनलाइनखबरमा प्रकाशित हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖