• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

प्राधिकरणसँग टीओडी मिटरको तथ्यांक नभएको कुलमानले स्वीकारे


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणसँग डेडिकेटेड फिडर र ट्रंक लाइनको टाइम अफ डेट (टीओडी) मिटरको तथ्यांक अहिले उपलब्ध नभएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्वीकार गरेका छन् ।

अहिले टीओडी मिटरको विषय नउचाल्न समेत उनले आग्रह गरे । २०७० सालको प्रतिवेदनले नै उद्योगहरुमा विद्युत् खपत भएको स्पष्ट पार्ने भन्दै उनले जुन चिजको डाटा छैन, त्यसको पछि नलाग्न आग्रह गरे ।

‘टीओडी मिटरको एक वर्षसम्मको तथ्या‌ंक डाउनलोड गरेपछि एउटा समयमा विस्थािपत हुँदै जान्छ, उनले भने, ‘यो पनि कुनैकुनै उद्योगको डाउनलोड गर्न छुटेको हुनसक्छ ।’

टीओडी मिटरको प्रसंग आएपछि उनले यो विवाद आउनुभन्दा अगाडि अर्थात् २०७० सालमा रिलायन्स स्पिनिङ मिल्सले २४ घण्टा विद्युत् उपयोग गरेको प्रसंग सुनाएका थिए । ‘०७० सालमा लोडसेडिङको समयमा डेढ सय मेगावाट उद्योगले खपत गरेका छन्, जुन कुरा छैन भन्ने कुरा आयो, त्यसकै पछि लाग्ने काम नगरौं,’ उनले भने ।

डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी विवाद त २०७२ सालदेखि शुरु भएको हाे, त्यसबेलाको टीओडी मिटरको तथ्या‌ंक त मेटिइसक्यो भनेर अदालतलाई लेख्नुभएको छ नि त भन्ने प्रश्नमा उनले ०७० सालको प्रसंग पृष्ठभूमिका रुपमा सुनाएकाे भन्ने उत्तर दिए । अन्य उद्योगहरुको चाहिँ तथ्यांक रहेको र त्यसबाहेक पनि लगसिट लगायत तथ्यांक ब्याकअपमा रहेको उनले दाबी गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖