• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

तोकियो माओवादी प्रदेश सचिवालय, प्रचण्डको बुहारीदेखि पूर्व मुख्यमन्त्रीसम्म


  • धनकुटा खबर
  • .

कैलाली । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सचिवालय सदस्यको जिम्मेवारी केन्द्रले नै तोकेको छ । माओवादी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले ११ जनालाई सचिवालयको जिम्मेवारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा लामो समय देखी सचिवालय गठन हुन सकेको थिएन । प्रदेशको कार्यलाई व्यवस्थित गर्न लामो समय देखी सचिवालय गठन नभएको भन्दै अर्काे व्यवस्था नभए सम्मको लागि प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्यको सिफारिसमा प्रदेश इन्चार्जको नेतृत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको अध्यक्ष प्रचण्ड र महासचिव गुरुङले जारी गरेको पत्रका उल्लेख गरिएको छ ।

सचिवालय सदस्यमा केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज डिलाराम आचार्य, स्थायी कमिटी सदस्य खजराज भट्ट, केन्द्रीय सदस्यहरू हरि ज्ञवाली, हेमराज भट्टराई, नेप बहादुर चौधरी, विरमान चौधरी, लक्ष्मणदत्त जोशी, बिना मगर, त्रिलोचन भट्ट, शरदसिंह भण्डारी र प्रदेश अध्यक्ष पदेन अध्यक्ष हुने व्यवस्था गरिएको छ ।

बिना मगर प्रचण्डको बुहारी हुन् भने त्रिलोचन भट्ट पूर्व मुख्यमन्त्री हुन् ।
झन्डै २ वर्ष पहिले २०७८ फागुन १७ गते प्रदेश अधिवेशन सम्पन्न भएको थियो । प्रदेश कमिटी निर्वाचन भएको २ बर्ष सम्म पनि प्रदेश सचिवालय गठन गर्न नसकेपछि केन्द्रले घोषणा गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖