काठमाडौँ – चर्चीय युटुबर तथा टिकटकर निशान्त पौडेलको मृत्यु भएको छ । उनको हार्टअट्याकबाट केहि समय अगाडिनै दुखद निधन भएको श्रोतले जानकारी दिएको छ ।
उनले युटुबमा प्र्यांककल गरेका भिडियोहरु पोस्ट गर्ने गरेका थिए । २०६० साल चैत्र ४ गते पाल्पाको रामपुरमा जन्मिएका निशान्त पछिल्लो समय टिकटकमा समेत चर्चित थिए ।
उनको युटुबमा ८७ हजार सब्स्क्रईबर छन् भने टिकटकमा ४० हजार भन्दा बढी फलोअर्स रहेका छन् ।
