• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सन्दीपको मुद्दामा सीसीटीभी फुटेज हेरेर फैसला ?


  • धनकुटा खबर
  • .

क्रिकेटर सन्दीप लामिछानेको जबर्जस्ती करणी मुद्दामा प्रतिवादीका कानुन व्यवसायीको बहस सकिएको छ । सरकारी वकील तर्फको जवाफी बहस सकेर फैसला सुनाउने तयारी अदालतको छ।

सरकारी वकीलको वहश अघि इजलासले घटना भएको भनिएको दिनको सीसीटीभी फुटेज हेर्ने भएको छ । जबरजस्ती करणी हो या सहमतीमा हो भनेर प्रमाण केलाउन सीसीटीभी फुटेज हेर्न थालिएको हो।

काठमाडौं अदालतका न्यायाधीश शिशिरराज ढकालले फैसला सुनाउनुअघि उक्त निर्णय लिएका हुन्।

गत आइतबारदेखि उक्त मुद्दामा निरन्तर सुनुवाइ चलिरहेको छ । लामिछानेले पीडित भनिएकी ‘गौशाला’ लाई ललाईफकाई गर्दै एक होटलमा बलात्कार गरेको अभियोग दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖