• Saturday 28th of November 2026

बालकुमारी घटना : बालुवाटारमा प्रधानमन्त्रीले बोलाए उपप्रधानमन्त्रीसहित सुरक्षा प्रमुखहरूको बैठक


  • धनकुटा खबर
  • .

काठमाडौं । शुक्रवार बालकुमारीमा घटेको घटनाका सम्बन्धमा बालुवाटारमा प्रधानमन्त्रीले बैठक बोलाएका छन् ।

जारी बैठकमा गठबन्धन दलका नेताहरू, उपप्रधानमन्त्रीहरू, सरकारी उच्च पदस्थ कर्मचारी र सुरक्षा प्रमुखहरू सहभागी छन् ।

बालकुमारीमा कोरिया जाने सपना बोकेका दुईजना युवकको आन्दोलनका क्रममा ज्यान गएको थियो ।

भाषा परीक्षा दिन बञ्चित युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । सोही क्रममा आक्रोशित युवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖