• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बालकुमारी घटना : सुर्खेतमा टायर बालेर विरोध प्रदर्शन


  • धनकुटा खबर
  • .

ललितपुरको बालकुमारीमा दुई युवाको प्रहरी दमनबाट मृत्यु भएपछि सुर्खेतमा टायर बालेर विरोध प्रदर्शन गरिएको छ

मृतकका आफन्त तथा विभिन्न राजनीतिक दलका युवाहरूले सुर्खेतको वीरेन्द्रचोक, यरीचोक, मंगलगढी लगायतका चोकमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन्।

उनीहरूले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको समेत राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन्।

सरकारको कार्यशैलीले देशमै सुरक्षाको वातावरणको ग्यारेन्टी गर्न नसकेको भन्दै युवाहरूले सरकारको चर्को विरोध गरेका छन्। मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग उनीहरूको छ।

शुक्रबार भएको उक्त घटनामा दैलेख र अछामका दुई जनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियोर कोरियाली भाषा परीक्षाबाट आफूहरूलाई वञ्चित गरिएको भन्दै युवाले प्रदर्शन गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖