काठमाडौं । संविधान सभा सदस्य तथा राप्रपा नेतृ दालकुमारी सुनुवारको शनिवार निधन भएको छ ।
पछिल्लो समय क्यान्सरसँग जुधिरहेकी सुनुवारको हरिसिद्धि क्यान्सर अस्पतालमा निधन भएको सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवारले बताए ।
रामेछापको उमाकुण्ड गाउँपालिका ६ गुप्तेश्वर निवासी सुनुवार दोस्रो संविधान सभामा सदस्य थिइन् । उनी राष्ट्रिय पन्चायतको समेत सदस्य थिइन् । पन्चायतकालकै चर्चित नेतृ सुनुवार रामेछापको राजनीतिमा जीवितमध्ये पहिलो पुस्ताकी राजनीतिज्ञ तथा समाजसेवी हुन् ।
