• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

पूर्वराजा ज्ञानेन्द्रले गरे पृथ्वीनारायण शाहको शालिक अनावरण


  • धनकुटा खबर
  • .

पूर्वराजा स्व. वीरेन्द्र शाहको जन्मोत्सवको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका– ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वी नारायण शाहको जंगी शालिक अनावरण गरेका छन्।

पश्चिमी जिल्लाहरुको भ्रमणमा रहेको उनले शिवराजन नगरपालिकाकाद्वारा २५ लाखको लागतमा निर्माण गरिएको शालिक रातो ब्यानर उघारेर शिलान्यास गरेका हुन।

सोक्रममा पूर्वराजा शाहले त्यही झन्डोत्तोलन समेत गरेका थिए। भैरहवामा रहेका शाह आफ्ना नाति ह्रदेन्द्रलाई समेतसँगै ल्याएका थिए। भैरहवा देखि बहादुरगंजसम्मको हुलाकी बाटो हुँदै उनी दिउँसो ३ बजे तिर खैरेन्द्रपुर पुगेका थिए।

खरैन्द्रपुर स्थित बालहंस साङ्गवेद गुरुकुलमा रहेको स्वर्णद्वारा आश्रममा पूजापाठ पछि उनले शालिक अनावरण गरेका हुन। पूजापाठका क्रममा बटुकहरुले स्वस्ति वाचन गरेका थिए। पूर्वराजा शाहले नागरिक अभिनन्द समेत ग्रहण गरेका थिए।

पूर्वराजा र ह्रदेन्द्रलाई हेर्न खैरेन्द्रपुर चोकमा भीड लागेको थियो। आधा घण्टाको बसाई पछि उनी भैरहवा फर्केका थिए। नगरपालिकाले आयोजना गरे पनि सो कार्यक्रममा कांग्रेस, एमाले तर्फबाट निर्वाचित कोही पनि जनप्रतिनिधि सहभागी थिएनन्। राप्रपाको तर्फबाट मेयरमा निर्वाचित अजय थापाको विशेष पहलमा त्यहाँ पृथ्वी नारायण शाहको शालिक निर्माण भएको हो।

कार्यक्रममा राजतन्त्रको पक्षमा नाराबाजी समेत गरिएको थियो। मेयर थापाले पूर्वराजा वीरेन्द्र शाहको जन्मोत्सवको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको करकमलबाट शालिक शिलान्यास हुन आफैमा ऐतिहासिक क्षण रहेको बताए।

उनले बाइसे चौबिसे राज्यलाई एकीकरण गरी नयाँ नेपाल निर्माण गरेकf पृथ्वी नारायण शाहलाई यो विशेष अवसरमा सम्मान दिन पाउँदा आफूलाई निकै खुसी लागेको बताए। -किरणमान बज्राचार्य/नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖