• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बालकुमारी घटनाः राज्य व्यवस्था समितिले माग्यो गृहमन्त्रीसँग जवाफ


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ पुस । राज्य व्यवस्था तथा सुशान समितिले बालकुमारीमा दुई जना युवकहरुको ज्यान जाने गरी भएको घटनाबारे गृहमन्त्री, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग जवाफ माग्ने भएको छ ।

समितिका सभापति रामहरि खतिवडाले भोलि विहान साढे ८ बजे बैठकमा बोलाएर जवाफ माग्ने तयारी रहेको बताए ।

गत शुक्रबार दुई जना युवाको ज्यान जानेगरी भएको भएको उक्त घटनालाई लिएर सरकारको सर्वत्र आलोचना भइरहेको छ ।

सो घटनामा प्रहरीले चलाएको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।-रिपोर्टर्स नेपाल

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖