• Thursday 8th of October 2026

पहलवान विनेश फोगाटले फिर्ता गरिन् आफ्ना सबै मेडल


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतीय पहलवान विनेश फोगाटले आफ्ना सारा अवार्ड र मेडलहरू फिर्ता गरेकी छिन् । प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला पत्र लेखेर मेजर ध्यानचन्द खेल रत्न र अर्जुन पुरस्कार फर्काउने कुरा गरेको चार दिनपछि फोगाटले शनिबार यी दुवै पुरस्कार दिल्लीको कर्तव्य पथमा राखिदिएकी हुन् ।

शनिबार राति फोगाटले प्रधानमन्त्री कार्यालयमा जाने कोसिस गरेकी थिइन् । तर प्रहरीले उनलाई बिचमै रोकेर जान दिएन । त्यसपछि उनले कर्तव्य पथकै सडक किनारमा मेडलहरू राखिदिइन् । फोगाटले एशियन गेम्स र कमनवेल्थ गेम्समा पनि गोल्ड मेडल पनि जितिसकेकी छिन् । यसै हप्ता उनले प्रधानमन्त्री मोदीको नाममा खुला पत्र लेखेर मेडल फिर्ता गर्ने बताएकी थिइन् ।

‘यी पुरस्कारको मेरो जिन्दगीमा अब कुनै मतलब रहेन,’ उनले पत्रमा भनेकी छिन् । यस अघि नै पहलवान साक्षी मलिकले पनि खेलबाट संन्यास लिने घोषणा गरेकी थिइन् । पहलवान बजरंग पुनियाले पनि आफूले पाएको पद्यश्री पुरस्कार सरकारलाई फिर्ता गरेकी थिइन् ।

भारतीय कुश्ती संघको पूर्व प्रमुख र बीजेपी सांसद बृजभूषण शरण सिंहविरुद्ध भएको विरोध प्रदर्शनको मुख्य अनुहार थिए फोगाट, मलिक र पुनिया । सिंहमाथि कयौँ महिला पहलवानले यौन उत्पीडनको आरोप लगाएका थिए । फोगटालाई सन् २०२० मा भारतको सर्वोच्च खेल सम्मान खेल रत्न र सन् २०१६ मा अर्जुन दृष्टि पुरस्कारले सम्मानित गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖