• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

देशको दुर्गति बनाउनेहरुको भण्डाफोर गर्ने रवि लामिछानेको उद्घोष, रास्वपा नरोकिने


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दल अब नरोकिने भन्दै देशको दुर्गति बनाउनेहरुको भण्डाफोर गर्ने चेतावनी दिएका छन् । उनले सरकारसँग विभिन्न बुँदा उल्लेख गर्दै ती विषयको जवाफ माग्ने क्रममा यस्तो चेतावनी दिएका हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने को हो ? भनेर प्रश्न सोधेका छन् । यस्तै, ललिता निवास काण्डमा दोषी उम्काउने पनि को हो ? भन्दै सरकारसमक्ष अर्को प्रश्न तेर्साएका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

जवाफ चाहियो सरकार

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने?
ललिता निवास काण्डमा दोषी उम्काउने?
सुन काण्डमा तस्करहरू रोजी रोजी जोगाउने ?
एनसेल प्रकरणमा मिलेमतो गरी राज्यलाई ठग्ने?
टेराम्याक्स घोटालामा संलग्नलाई कारबाही नगर्ने?

वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरि बन्धु काण्डका फाइल थन्क्याउने ?
नारायणघाट -बुटवल, मुग्लिन- पोखरा लगायतका सडकहरू वर्षौँ अलपत्र पारि जनतालाई धुलोमा डुबाउने ?
प्रधानमन्त्री र मन्त्री भने करोडौँ खर्चमा जहाजमा विदेश, हेलिकप्टरमा स्वदेश सयर गर्ने ?
यी त सरकारका नालायकीपनका केही प्रतिनिधि काण्ड हुन ।

हुँदा हुँदा.. पेट पाल्न विदेश जान्छु भन्ने गरिब श्रमिकलाई बिच सडकमा गोली हान्ने?
आज पीडित परिवारसँग कुरा गर्दा अत्यन्त विक्षिप्त भइयो। यो दर्दनाक अवस्थाबाट नेपालीले कहिले मुक्ति पाउने?
आजबाट देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको छ। पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्छौ।
रास्वपा अब रोकिँदैन। यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ , हुन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖