काठमाडौं । काठमाडौंको माइतीघरमा ‘धोती दिवस’ मनाउनेहरूमाथि प्रहरीको हस्तक्षेप गरेको छ । जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघरमा भेला भएकाहरूमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।
सोमबार मधेसी समुदायका केही व्यक्तिहरू सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई हटाउन खोजेको थियो । सो क्रममा प्रहरीसँग उनीहरूको धकेलाधकेल भएको छ ।
सरकारले हाल माइतीघरमा प्रदर्शन, भेला, जुलुस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ । नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रूपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर ‘टोपी’ दिवस मनाउने गरिन्छ ।
