• Thursday 8th of October 2026

डेभिड वार्नरले लिए एकदिवसीय र टेस्ट क्रिकेटबाट सन्यास


  • धनकुटा खबर
  • .

काठमाडौं। अस्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान डेभिड वार्नरले एकदिवसीय र टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्। वार्नरले पाकिस्तानविरुद्धको जनवरी ३ बाट हुने टेस्ट आफ्नो अन्तिम टेस्ट हुने घोषणा गरेका हुन्।

क्रिकेट अस्ट्रेलियाले वार्नरको सन्यासको पुष्टि गरेको छ। साथै वार्नरले एकदिवसीय क्रिकेटबाट सन्यास लिएपनि २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा टिमलाई आवश्यक परेमा र आफुले राम्रो क्रिकेट खेलिरहेमा उपलब्ध हुने समेत बताएका छन्।

वार्नरले आफु टी-२० खेल भने खेलिरहने बताएका छन्। उनले ती – २० का फ्रेन्चाईज क्रिकेटमा आफ्नो ध्यानकेन्द्रित गर्न एकदिवसीय र टेस्ट क्रिकेट छोडेको बताएका छन्।

वार्नर टी-२० विश्वकपमा अस्ट्रेलियाका लागि खेल्न सक्ने छन् भने हाल बिग बास लिगमा सिड्नी थण्डर्सका लागि खेलिरहेका छन् । त्यस्तै उनी आइएलटी-२० मा दुबई क्यापिटल्सका लागि खेल्ने छन्। त्यस्तै आईपीएलमा उनी हाल दिल्ली क्यापिटल्समा रहेका छन्।

वार्नरले एकदिवसीयमा १६१ खेलमा २२ शतक र ३३ अर्धशतकसहित ६ हजार ९३२ रन बनाएका छन् । त्यस्तै टेस्टमा १११ खेलमा २६ शतक र ३६ अर्धशतकसहित ८ हजार ६९५ रन बनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖