• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

ओलीको प्रश्न : सेरेमोनियल रामचन्द्रजी हुँदै हुनुहुन्छ, राजाले चाहिँ के गर्छ ?


  • धनकुटा खबर
  • .

१६ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्रको बहस आवश्यक नै नभएको बताएका छन् ।

४८औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सोमबार नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले जन्मदै शासक हुने सिद्धान्त पाखण्डी भएको बताए । राजतन्त्र सामन्तवादको अवशेष भएको भन्दै उनले यदि कहिँ छ भने राजनीतिक कारणले सम्झौता भएर रहेको हुनसक्ने बताए ।

नेपालमा पनि ०५८ मा भएको दरबार हत्याकाण्डकै बेला राजतन्त्र सकिएको टिप्पणी गरे । ‘दरबार हत्याकाण्डकै बेला सकिएको हो । हामीले त्यतिबेला उपयुक्त कदम नचाल्ने कमजोरी गरेको हुनाले अलिक दिन डमी राजतन्त्र चल्यो’, ओलीले भने, ‘त्यसले तमासा देखायो, अनि हटाउनुप¥यो । संविधानसभाले निर्णय गर्‍यो ।’

उनले अगाडि भने, ‘कुनै प्रोगेसिभ कुरा बाइमिस्टेक गएको भए फर्काउँथ्यौं होला, तर त्यो त अढाइ सय वर्षसम्म जनतालाई चुसेर गरिब बनाउने अनि त्यसलाई फेरि ल्याउने भन्ने कहीँ हुन्छ ? राजनीतिक, दार्शनिक सैद्धान्तक, वैचारिक कुनै पनि हिसाबले हुँदैन ।’

उनले राजा चाहिन्छ भन्नेहरुलाई प्रश्न गरे । एकथरी मान्छेहरुले राजतन्त्र भयो भने राष्ट्रियता बलियो हुन्छ भन्ने गरेको भन्दै एमाले अध्यक्ष ओलीले प्रश्न गरे, ‘िसक्कम राजा सहितको स्वतन्त्र देश थियो । राजा हुँदा देश बच्दोरहेछ ?’

कस्तो राजा ल्याउन खोजेको, दलहरुलाई जेलमा हाल्ने एकदम तानाशाह राजा बनाउन खोजेको भन्दा पनि होइन भन्ने गरेको ओलीले सुनाए । ‘संवैधानिक राजा बनाउन खोजेको भन्छन्’, ओलीले भने, ‘सेरेमोनियल त रामचन्द्रजी हुँदै हुनुहुन्छ त । अनि के गर्छ त त्यो राजाले चाहिँ ?’

‘ट्वाल्ल हेर्ने बाहेक त केही गर्ने त होइन सेरेमोनियल राजाले । अनि त्यहाँ लगेर राख्नेबित्तिकै के हुन्छ त’, राजातन्त्र फर्काउने बहस नै फाल्तु भएको ओलीले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖