• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

तमोर नदीमा खसेर मजदुरको मृत्यु


  • धनकुटा खबर
  • .

फुङ्लिङ । ताप्लेजुङमा निमार्णाधीन मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ । विद्युतीय तारबार मिलाउने क्रममा तमोर नदीमा खस्दा एकजनाको मृत्यु भएको हो ।

भारत पश्चिम बङ्गालको माल्टा टाउनका करिब २२ वर्षीय मुकेश शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए । उनका अनुसार मध्यतमोर जलविद्युत् आयोजनाको हान्द्रुङस्थित विद्युत् पावर हाउस नजिक तमोर नदी वारपार तारबार व्यवस्थापन गर्ने क्रममा पारि रहेका साथीलाई डोरी फाल्दा चिप्लिएर नदीमा खस्दा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖